
काठमाडौं साउन ३ गते ।
काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।
जुलाइ २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले प्रतिस्पर्धा गर्ने छन् । मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायतले आइतबार नक्सालमा एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जिते खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरे ।