
काठमाडौं साउन ३ गते ।
नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन् ।
जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सविनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित गरेको टिम व्यवस्थापक नेपाल जुडो संघका महासचिव नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डेले जनाएका छन् । जितसंगै सविन प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
प्रिक्वाटरफाइनलमा भने सविन विश्व वरीयतामा ४० औं स्थानका काजाकिस्तानका तुर्सिनाली अलिशेरसंग चुके । सविना बन्दी सहायता नियोग (पाम) का खेलाडी हुन् । पाममा जुडो खेलाडीलाई सूर्यनारायण श्रेष्ठले प्रशिक्षण दिदै आएका छन् ।
त्यसैगरी जुनियर पुरुष ६६ केजीमुनि पहिलो चरणमा बाइ पाउदै दोश्रो चरणमा पुगेका विशेष विक विश्व वरीयतामा २४ औं स्थानमा रहेका ताजकिस्तानका खेलाडीसंग खान्सेत्सु वाजामा पराजित भए । प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन् ।
जुडो युनियन अफ एसिया (जेयुए) को आयोजना तथा जोर्डन जुडो महासंघको संयोजनमा भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका १ सय ७३ खेलाडी सहभागी थिए ।