अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौँ, असार ३२ गते ।

इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इंग्ल्यान्डलाई २(१ ले हराएको हो ।

खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याए ।

अर्जेन्टिनासँग पराजित भएसँगै ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ । अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ