काठमाडौँ, असार ३२ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ ।
बुधबार राति वर्षाले प्रभावित खेलमा नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भएको हो ।
२८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यतिबेलाको डीएलएस पार स्कोर २४४ रन रहेकोमा नेपाल ७ रनले अगाडि रहँदै विजयी भएको हो ।
