नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि यही समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।
टी–२० विश्वकप २०२६ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो ।
