कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं असार ३१ गते ।

१० औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता बंगलादेशको ढाकामा जुलाइ १५ देखि १९ तारिखसम्म हुनेछ । टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा राखेपका पूर्व सदस्य–सचिव समेत रहनु भएका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ