काठमाडौँ, असार ३१ गते ।
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सलाई २-० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो ।
स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले गोल गरे । खेलको २१ औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गरेका थिए । त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकाको सदुपयोग गर्दै ओर्याजबलले स्पेनलाई पहिलो अग्रता दिलाए ।
खेलको ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दे अग्रता दोब्बर बनाए । खेलको ६१ औँ मिनेटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमेको थियो । उनको अफसाइड पोजिसनका कारण उक्त गोलले मान्यता पाएन ।
