पौडी टोली थाइल्यान्ड जाने

काठमाडौं असार ३० गते ।

एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने छन् ।

पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् । महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । खेलाडीले विभिन्न १ सय ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

टोली प्रमुखमा राजु महर्जन, प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् । टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले मंगलबार सिंहदरबारमा बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ