सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गर्ने

काठमाडौँ, असार ३० गते ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ