नेपालले क्वार्टरफाइनलमा जापानसँग खेल्ने

काठमाडौँ, असार ३० गते ।

नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानको सामना गर्ने भएको छ ।

नेपाल समूह ‘डी’को विजेता तथा जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल खेल्ने भएका हुन् ।

नेपाल र जापानबीचको खेल बिहीबार मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।

समूह चरणमा नेपालले शतप्रतिशत जित निकालेको थियो । नेपालले कतार, सिंगापुर र हङकङलाई हराएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ