नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

काठमाडौँ, असार ३० गते ।

नेपालले समूह विजेताका रूपमा एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डी को अन्तिम खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली टोली क्वार्टरफाइनल प्रवेश गरेको हो ।

समूहका तीनै खेलमा जित निकालेको नेपालले ६ अंक जोडयो । नेपालले यसअघि कतार र सिंगापुरलाई हराएको थियो ।

लगातार दोस्रो पराजय व्यहोरेको हङकङको दुई अंक छ । हङकङले यसअघि सिंगापुरलाई हराएको थियो । हङकङ कतारसँग पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरेर नौ विकेट गुमाउँदै ३० रन मात्र बनाउन सक्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ