काठमाडौं असार २९ गते ।
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फुटबल मैदानमा पहिलोपटक इंग्ल्यान्डको सामना गर्दै छन्। विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तर्राष्ट्रिय करियरको दुई दशकभन्दा बढीको यात्रामा मेस्सीले अर्जेन्टिनाका लागि २०० खेलमा १२५ गोल गरिसकेका छन् । तर, उनले हालसम्म इंग्ल्यान्डको सामना गरेका थिएनन् । अब भने उनले इंग्ल्यान्डसँग पनि खेल खेल्ने भएका छन् ।
अर्जेन्टिना र इंग्ल्यान्डबीचको सेमिफाइनल खेल बुधबार हुँदै छ । क्वार्टरफाइलनमा अर्जेन्टिनाले स्विट्जरल्यान्ड र इंग्ल्यान्डले नर्वेलाई हराएका थिए ।
अर्जेन्टिना र इंग्ल्यान्ड २१ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुँदैछन् । यी दुई पछिल्लो पटक सन् २००५ मा भिडेका थिए ।
उक्त मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ३–२ ले विजयी भएको थियो ।
त्यतीबेला मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय करियरको सुरुआत गरिसकेका थिए । तर, डेब्यू खेलमै रातो कार्ड व्यहोरेका कारण उनी इंग्ल्याविरुद्ध मैदान उत्रिन पाएनन् ।
लामो समयको प्रतिक्षापछि मेस्सीले सबैभन्दा ठूलो प्रतिद्वन्द्वीमध्ये एक इंग्ल्यान्डको सामना गर्ने अवसर पाएका छन् ।
