जुडो टोली जोर्डन प्रस्थान

काठमाडौं असार २९ गते ।

अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ ।

जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक तथा ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन् । त्यस्तै जुडो संघका अध्यक्ष एवं जेयुएका एजुकेसन डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि अम्मान गएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सामबारै एक कार्यक्रमबीच बिदाइ गरिन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ