काठमाडौं असार २९ गते ।
नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली अनुसार सम्पन्न उक्त प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी सबै फ्रेन्चाइजका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँड प्रक्रियाप्रति आफ्नो पूर्ण सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षर गरेका छन् ।
फ्रेन्चाइज अनुसार नियुक्त मुख्य प्रशिक्षकहरू
१. सगरमाथा स्म्यासर्स – उत्सव खड्का
२. मधेश वारियर्स – भारत यादव
३. काठमाडौं रेड्स – निपा बहादुर बि.के
४. अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के.सी
५. कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर
६. खप्तड फाल्कन्स – रुपेश कुमार बिष्ट
