अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, असार २८ गते ।

स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो ।अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर,जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाए ।

निर्धारित समयमा १-१ को बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याए । खेलको १२१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३-१ मा पुग्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ