यू–१९ महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

काठमाडौँ, असार २८ गते ।

नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २०० रनको बलियो लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभरमा ८ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो । अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन् ।

नेपालका लागि अनु कडायतले ४ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइक १९९ रन बनाएको थियो । ओपनर सना प्रवीणले सर्वाधिक ९८ रन बनाए अविजित रहिन् भने अर्की ओपनर साबित्री धामीले ७४ रन बनाइन् ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्नेछ । हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको छ भने कतारले हङकङलाई पराजित गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ