मलेसिया जाने यू–१९ महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, असार २५ गते ।

एसीसी महिला यू–१९ प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टोलीको बिदाइ गरेको छ । नेपाल सोनी पाख्रिनको कप्तानीमा मैदान उत्रिँदै छ । प्रतियोगिता जुलाई ११ देखि १८ सम्म मलेसियामा हुँदै छ ।

अन्य समूहमा तीन–तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली छन् । समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार र जापान तथा समूह ‘बी’मा यूएई, ओमान र भुटान छन् । यसैगरी समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’मा नेपाल, हङकङ, सिंगापुर र कतार छन् ।

नेपाली टोलीमा सोनी पाख्रिन ९कप्तान०, साना प्रविन, अलिसाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृसना विक, कृस्मा गुरुङ, एन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ