सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

काठमाडौं असार २४ गते ।

अमेरिकाको न्युयोर्कस्थित च्याम्पियनस मार्सल आटर््सले नेपाली कराते खेलाडी सुमन तिमिल्सिनालाई सम्मान गरेको छ ।

अमेरिकाको फ्लोरिडामा गत साता भएको युएस ओपन आईएसकेए विश्व मार्सल आटर््स च्याम्पियनसिपमा कांस्य जितेकोमा सुमनलाई सम्मान गरिएको हो ।

च्याम्पियन्सका प्रशिक्षक दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र प्रशिक्षक जनकसिंह खड्काले सुमनलाई सम्मान गरे ।

सोही अवसरमा सुमनका ट्राभल पार्टनर लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. का प्रबन्धक सुदिप छत्कुली पनि सम्मानित भए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ