बागमती प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

काठमाडौं असार २३ गते ।

ललितपुर महानगरपालिकाको सहयोग र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बागमती प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। 

मंगलबार एक कार्यक्रमबिच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

मंगलबारदेखि सुरु भएको प्रतियोगिता यही असार २७ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुने छ। प्रतियोगितामार्फत प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ। 

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख पुरस्कार रहेको छ भने दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रहेको छ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ