काठमाडौं असार २३ गते ।
अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियमले क्वार्टरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरे ।
उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो ।
