स्पेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं असार २३ गते ।

स्पेन विश्वकपको क्वार्टरफाइनल चरण प्रवेश गरेको छ ।

अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वार्टरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।

स्पेनले पोर्चुगललाई १-0 ले पराजित गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।

जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन।पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ