हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनलमा

काठमाडौं असार २२ गते ।

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलसँगको खेलमा अपराजित रहेको इतिहासलाई कायमै राख्दै नर्वेले २(१ ले पराजित गरेको हो ।नर्वेको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे ।

विश्वकपमा उनको गोलसंख्या सात पुगेको छ । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । एन्ड्रियास जेल्डेरुपको क्रसलाई हेडरमार्फत उनले गोलमा परिणत गरेका थिए । दोस्रो गोल उनले ९०औँ मिनेटमा गरे । एन्ड्रियासकै पासमा उनले दोस्रो गोल गरेका हुन् ।

खेलमा ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो । पहिलो पेनाल्टी ब्रुनो ग्युमोरेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे ।

२८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ