मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं असार २२ गते ।

इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल चरणमा प्रवेश गरेको हो ।

इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिंघमले दुई र ह्यारी केनले एक गोल गरे । जुड बेलिंघमले ९९ सेकेण्डको अन्तरालमा दुई गोल गरे । खेलको ३६ औँ मिनेटमा उनले बुको साकाको पासमा गोल गरे । यस्तै, ३८ औँ मिनेटमा ह्यारी केनको पासलाई गोलमा परिणत गरे।

खेलको ५४ औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोसले गोल फर्काए । खेलको ५४ औँ मिनेटमा रेफ्रीले इंग्ल्याण्डका जेरल क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।

१० जनामा सिमित इंगल्याण्डका लागि ५७ औँ मिनेटमा एक अवसर आयो ।मेक्सिन गोलकिपर रउल रेन्जरले एन्थोनी गोर्डनलाई लडाएपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिए । उक्त मौकाको सदुपयोग गर्दै ह्यारी केनल ५९ औँ मिनेटमा गोल गरे । योसँगै विश्वकपम केनले ६ गोल गरे ।

६७ औँ मिनेटमा ह्यारी केनले फाउल गर्दा मेक्सिकोले पेनाल्टीको मौका पायो । उक्त मौकामा रउल जिमिनेजले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ