काठमान्डु गोर्खाजको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं असार २१ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ।

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स र काठमान्डु गोर्खाजबीच भएको सम्झौताअनुसार टोलीको प्लेइङ जर्सीको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।

यो लगातार दोस्रो वर्ष दुवै पक्षबीच भएको सहकार्य हो । गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध रहेको थियो भने यस वर्ष टाइटल स्पोन्सर बनेको हो ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पछिल्ला केही वर्षदेखि नेपाली खेलकुदमा सक्रिय लगानी गर्दै आएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ