लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं असार २१ गते ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्‍याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । उनले खेलमा राम्रो प्रदर्शन गर्ने पनि बिश्वास व्यक्त गरे ।

यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ । त्यसअघि टोलीले जर्सीमा गएर अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ ।

जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ