काठमाडौँ, असार १८ गते ।
विश्व सोतोकान कराते महासङ्घका उप-मुख्य प्रशिक्षक तारो कासुया नेपाल आइपुगेका छन् ।
बिहीबार कासुयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठ, नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठ साथै प्रशिक्षक तथा खेलाडीहरू स्वागत गरेका थिए ।
७ औँ अन्तर्राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिताका लागि कासुया नेपाल आएका हुन् । पहिलो पटक नेपाल आएका कासुयाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै नेपाल हिमालको देश भनेर चिनेको बताएका छन् ।
नेपाल सोतोकान कराते सङ्घको आयोजनामा शुक्रबारदेखि त्रिपुरेश्वस्थित दशरथ रङ्गशालाको कर्भडहलमा ७ औँ अन्तर्राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। यसअघि यही असार १२ गतेदेखि हुने भनिएको प्रतियोगिता सरेर १९ गतेबाट सुरु हुन लागेको हो ।
