काठमाडौँ, असार १८ गते ।
खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूलाई विश्वकप हेर्न जानुअघि नेपाली फुटबलमा आशा जगाउने काम गर्न चेतावनी दिएका छन्।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले पदाधिकारीहरूलाई विश्वकप हेर्न जानुअघि नेपाली फुटबलमा आशा जगाउने काम गर्न भनेका हुन् ।
मन्त्री पोखरेलले नेपाली फुटबलको आन्तरिक अवस्था खस्कँदै गएको तर पदाधिकारीहरू भने वैदेशिक भ्रमण र विश्वकप हेर्न लालायित भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले एन्फाका पदाधिकारीहरूले पहिला देशको फुटबल विकासमा ध्यान दिनुपर्ने बताए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘विश्वकपमा एन्फाका पदाधिकारीहरू अब त्यतिखेर मात्र जानुहुन्छ, जतिखेर नेपाली फुटबलले केही न केही आशा देखाउँछ। नेपाली टोलीले विश्वकप नै खेल्नुपर्छ भन्ने छैन, तर यहाँको फुटबलले आम मानिसमा केही न केही आशा त जगाउनुपर्यो नि।’

don’t miss paralympic movement