नेपाली फुटबल टोली र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने

काठमाडौँ, असार १७ गते ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली फुटबल टोली र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएका छन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्र पठाउँदै नेपालको सहभागिता रद्द हुन सक्ने आधिकारिक जानकारी दिएको हो।

निलम्बन र त्यसको तत्काल प्रभाव एएफसीका अनुसार, फिफा काउन्सिलले २४ जुन २०२६ देखि लागू हुने गरी एन्फालाई निलम्बन गरेको छ।

यस निलम्बनसँगै एन्फाले फिफाको सदस्यको रूपमा रहेका आफ्ना सबै अधिकारहरू गुमाएको छ। परिणामस्वरुप नेपालका कुनै पनि राष्ट्रिय प्रतिनिधि टोली वा क्लबहरूले निलम्बन फुकुवा नभएसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने छैनन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ