नेपाल मार्शल आर्ट्स गेम्स महासङ्घका महासचिव रूपसिं सम्मानित

काठमाडौँ, असार १७ गते । 

अमेरिकन तेक्वान्दो मार्शल आर्ट्स एकेडेमी (एटिएमएए) ले नेपाल राष्ट्रिय मार्शल आर्ट्स गेम्स महासङ्घका महासचिव सबुम रूपसिं तामाङलाई सम्मान गरेको छ ।

अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रमकाबीच मार्सल आर्ट्स गेम्स महासङ्घका महासचिव रूपसिंलाई उत्कृष्ट नेतृत्व, समर्पण र नेपालमा आईटीएफ तेक्वान्दोको विकास तथा प्रवर्द्धनमा पु¥याएको भन्दै उल्लेखनीय योगदानको कदर गर्दै अमेरिकी तेक्वान्दोले सम्मान गरेको हो । उनी रामेछापमा रहेको नेशनल तेक्वान्दो आइटिएफ एकेडेमीका संस्थापक अध्यक्ष हुन् । रूपसिंकै पहलमा रामेछापमा सुविधा सम्पन्न राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र नेशनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माण भएको थियो । उक्त एकेडेमीमा राष्ट्रिय प्रतियोगिता र सेमिनार आयोजनाका साथै राष्ट्रिय खेलाडी उत्पादन मद्दत पुग्दै आएको छ ।

सोही अवसरमा रुपसिंले पनि नेपाल राष्ट्रिय मार्शल आर्ट्स गेम्स महासङ्घका संस्थापक तथा पूर्व अध्यक्ष मास्टर कृष्ण बलाल र नेपाल आइटिएफका संस्थापक अध्यक्ष मास्टर राजकुमार थापा मगरलाई सम्मान गरेका थिए । बलाल र थापा मगरले तेक्वान्दोमा आजीवन सेवा, दूरदर्शी नेतृत्व र आइटिएफ तेक्वान्दोको उन्नतिमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको रूपसिंले जानकारी दिए । उक्त सम्मान समारोहमा नेपाली अमेरिकी आइटिएफ तेक्वान्दोका मास्टरहरू तथा प्रशिक्षकहरू उपस्थित थिए ।

रूपसिं हाल फिफा विश्वकप हेर्नका लागि संयुक्त राज्य अमेरिका गएका हुन् । आफ्नो भ्रमणका क्रममा उनले नेपाल आइटिएफका तेक्वान्दोका संस्थापक र पूर्व प्रशिक्षकका साथै सहकर्मीसँग भेटघाट गरी मार्शल आर्ट्समार्फत अन्तर्राष्ट्रिय सहकार्य र मित्रतालाई थप सुदृढ बनाउने अवसरको रूपमा लिएको रूपसिंले बताएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ