४औँ राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट २०२६ सम्पन्न

काठमाडौँ, असार ११ गते ।

४औँ राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट २०२६ अन्तर्गत ट्रिपल जम्प खुला पुरुषतर्फ अभिनास सुनारले १३.४२ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका छन्। एपीएफका सुमन गिरी १२.५५ मिटर जम्प गर्दै दोस्रो तथा सुनिल के।सी। १२.४४ मिटर जम्प गर्दै तेस्रो स्थानमा रहे।

ट्रिपल जम्प खुला महिलातर्फ मुस्कान चौधरीले ९.८८ मिटरको उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन्। चादनी भट्टले ९.६८ मिटर जम्प गर्दै दोस्रो तथा बिना कुमारी चौधरीले ९.२९ मिटर जम्प गर्दै तेस्रो स्थान प्राप्त गरिन्।

४०० मिटर खुला महिला दौडमा भगवती खड्काले ५९.५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन्। सुमित्रा चौधरी ६१.६ सेकेन्डका साथ दोस्रो तथा बिना कुमारी चौधरी ६४.८ सेकेन्डका साथ तेस्रो भइन्।

त्यसैगरी ४०० मिटर खुला पुरुषतर्फ निरज शाहले ५१।६ सेकेन्डको समय निकाल्दै प्रथम स्थान हासिल गरे। कबिर सुनार ५१।९ सेकेन्डका साथ दोस्रो तथा अमरनाथ साह गोध ५२।३ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।

यू–१८ छात्र ३००० मिटर दौडमा सुसन लामिछाने १० मिनेट ०१.८ सेकेन्डका साथ विजेता बने। तिलक बुधामगर १० मिनेट ०५.६ सेकेन्डमा दोस्रो तथा शेरबहादुर शाही ११ मिनेट ०६.८ सेकेन्डमा तेस्रो भए।

यू–१८ छात्रा ३००० मिटर स्पर्धामा शर्मिला बि.के. १२ मिनेट २३.४ सेकेन्डका साथ प्रथम भइन्। सुजिना रामदाम १३ मिनेट ०१।७ सेकेन्डका साथ दोस्रो तथा शर्मिला गोले १३ मिनेट ५४.१ सेकेन्डका साथ तेस्रो स्थानमा रहिन्।

३००० मिटर भेट्रान महिला दौडमा कल्पना महर्जन प्रथम हुँदै स्वर्ण पदक जित्न सफल भइन्। उनले निर्धारित दूरी १३ मिनेट ४६.७ सेकेन्डमा पूरा गरिन्। शारदा राई १४ मिनेट २९.३ सेकेन्डका साथ दोस्रो तथा सरिता महर्जन १५ मिनेट ४६.० सेकेन्डका साथ तेस्रो स्थानमा रहिन्।

त्यस्तै ३००० मिटर भेट्रान पुरुषतर्फ धर्म महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै १० मिनेट ३६.९ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरे। राबित दाहाल ११ मिनेट १८.५ सेकेन्डका साथ दोस्रो तथा गोपाल थापा १२ मिनेट ०१.५ सेकेन्डका साथ तेस्रो भए।

त्यसैगरी यू–१८ छात्र सटपुटमा महेन्द्र केसीले ११.३५ मिटर टाढा बल फ्याँकेर प्रथम स्थान हासिल गरे। विपास थापा १०.२३ मिटरका साथ दोस्रो तथा कैलाश विष्ट ९.५९ मिटरका साथ तेस्रो भए।

छात्रातर्फ झरना बि.के.ले ८.४४ मिटरको उत्कृष्ट प्रयास गर्दै स्वर्ण पदक हात पारिन्। अप्सरा श्रेष्ठ ७।६४ मिटरका साथ दोस्रो तथा तियारा श्रेष्ठ ५.३१ मिटरका साथ तेस्रो स्थानमा रहिन्।

खुला महिला सटपुटमा चन्द्रकला लामगाडेले ११.१९ मिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। निशाना बालाल ८.१५ मिटरका साथ दोस्रो तथा हिरण के। चौधरी ८.१० मिटरका साथ तेस्रो भइन्।

खुला पुरुष सटपुटमा धन के.ले ११.५२ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जिते। रुपेश भण्डारी ११.२५ मिटरका साथ दोस्रो तथा पुष्कल खड्का ११.२१ मिटरका साथ तेस्रो स्थानमा रहे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ