जुडो प्रतियोगिता आजदेखि सुरु 

काठमाडौँ, असार ८ गते ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत जुडो प्रतियोगिता आजदेखि सुरु भएको छ । 

बागमती खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले दुई दिने प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा ९ जिल्लाका ८४ जना खेलाडीले सहभागिता जनाएको कार्यक्रम संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा पुरुष र महिला गरी कुल १४ विधा समावेश छ । जस अन्तर्गत प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिने छ भने प्रतियोगिताको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान २० हजार रुपैयाँ प्रदान गरिने छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ