खेलकुद मन्त्रालयको योगा कार्यक्रम

काठमाडौँ, असार ८ गते ।

१२ औँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । योग दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयले पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। 

 कार्यक्रमको अवसरमा त्रिपुरेश्वस्थित दशरथ रगशालाको कभर्डहलमा योगा गराइएको थियो । योगा कार्यक्रममा नेपाल सरकारको मुख्य सचिव सुमनराज अर्याल लगायतको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको हो । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ