काठमाडौँ, असार ८ गते ।
नेपाल बक्सिङ सङ्घका पूर्व सचिव तथा योङ स्टार बक्सिङ क्लबका संस्थापक मथुरा दास नेवाको ७७ वर्षका उमेरमा निधन भएको छ।
आइतबार नेवालाई अन्तिम बिदाइ गर्ने क्रममा नेपाल बक्सिङ महासङ्घका पदाधिकारीहरू, पूर्व ओलम्पियन, प्रशिक्षक, खेलाडीहरू, ओलम्पिक कमिटीका पदाधिकारी लगायतले श्रद्धाञ्जली दिएका थिए।
सोही क्रममा नेपाल बक्सिङ महासङ्घका राम अवालेले नेपाल बक्सिङ महासङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली
दिएका थिए ।
