राखेपका नवनियुक्त उपाध्यक्षको पदबहाली

काठमाडौँ, जेठ २८ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पदबहाली गरेका छन् ।

पदबहाली गर्दै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

परिषदमा उपाध्यक्ष सहित नवनियुक्त सदस्यहरु मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गर्दै परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ