पी.एल. सिंह स्मृति टी-२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ, जेठ २७ गते ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा पी.एल. सिंह स्मृति टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। 

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरले बागमती प्रदेश क्रिकेट सङ्घको व्यवस्थापन तथा प्राविधिक सहयोगमा यही असार ४ गतेदेखि असार १३ गतेसम्म प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा देशभरका ६ वटा महानगरपालिकाहरू काठमाडौँ, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखराका टोलीहरू बिच प्रतिस्पर्धा हुनेछ । 

टी.यू. अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ११ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले ट्रफी, मेडल सहित ५ लाख नगद रुपैयाँ पाउनेछन्। 

प्रतियोगितामा प्लेयर अफ दि टूर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याटर, र इमर्जिङ प्लेयर अवार्ड पनि रहेको छ।  

त्यस्तै महानगरपालिका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने भएको छ। प्रतियोगिता यही असार १२ गतेदेखि १४ गतेसम्म हुने छ। 

प्रतियोगितामा पुरुष तथा महिला एकलमा प्रथम हुनेलाई २३ हजार दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार रहेको छ। त्यस्तै पाँचौँदेखि आठौँ स्थानसम्मको खेलाडीलाई २५ सय दिने पनि आयोजकले जनाएको छ। 

त्यसैगरी मिश्रित युगलमा प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई १६ हजार र पाँचौँदेखि आठौँ स्थानसम्म रहने टोलीलाई प्रतिटाेली ४ हजार पुरस्कार रहेको छ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ