काठमाडौँ, जेठ २७ गते ।
नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस २०२६ को तयारी तीव्र पारेको छ।
बुधबार नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्यले शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
नेपाल ओलम्पिक कमिटीको भवनमा भएको छलफलमा २८ वटा विद्यालय र संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले ओलम्पिक दिवसलाई भव्य बनाउन विद्यार्थी र समुदायको बढी सहभागितालाई प्रोत्साहित गर्ने प्रतिबद्धता गरेका छन्।
छलफलमा यस वर्षको ओलम्पिक दिवस उत्सवलाई पहिलेभन्दा बढी आकर्षक, समावेशी र प्रभावकारी बनाउन शैक्षिक संस्थाहरू, खेलकुद संस्थाहरू र एनओसी बीचको सहकार्यमा जोड दिने निर्णय भएको छ।
