काठमाडौँ, जेठ २७ गते ।
नेपाल मुवाँथाई संघको आयोजनामा आगामी असार ७ गतेदेखि तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता हुने भएको छ ।
बुधबार संघले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा संघमा दर्ता भएका सात प्रदेशका विभिन्न टिम र विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी क्लबबाट १५० देखि २०० खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा पुरुष र महिला गरी २२ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषका १४ र महिलामा ८ तौल समूह रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट १४ लाख ९५ हजार रहेको छ । प्रतियोगिताको खेलाडी दर्ता शुल्क एक हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा १८ वर्षभन्दा माथिका उमेरका खेलाडीहरूले मात्र खेल्न पाउने आयोजकको भनाइ छ ।
