इन्डो–नेपाल कराते शुक्रबारदेखि

काठमाडौं जेठ १९ गते ।
टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र भारतबाट २३ गरी जम्मा २ सय ७३ खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष/महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ