काठमाडौँ, जेठ १८ गते ।
प्रथम वडा अध्यक्ष काठमाडौँ महानगरव्यापी अन्तर वडा स्नुकर प्रतियोगिताको विजेता विकास श्रेष्ठ भएका छन्।
सोमबार भएको प्रतियोगितामा श्रेष्ठ विजेता बन्दै १ लाख ३० हजार नगद पुरस्कार हात पारे । प्रतियोगितामा सञ्जय कुमार मुहमी दोस्रो भए। उनले ५० हजारमा चित बुझाए।
त्यस्तै प्रतियोगिताको बेस्ट प्लेयर सौरव शाही बने । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको ‘राइजिङ प्लेयर’ समिर तण्डुकार बने । उनले १० हजार हात पारे।
प्रतियोगितामा ‘हाइएस्ट ब्रेक’ गर्ने खेलाडी बनेका राजन लामाले १० हजार हात पारे । सेमी फाइनलसम्म पुगेका सजेन शाहि र उदिप शाक्यले पनि १२ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगितामा काठमाडौँ महानगरको २८ वटा वडाका ८५ जना खेलाडी सहभागी थिए।
