काठमाडौँ, जेठ १५ गते ।
प्रथम खुल्ला युथ जुनियर तथा सिनियर महिला पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सकिएको छ।
प्रतियोगितामा पुरुषतर्फ ६० केजी तौल समूहमा सप्तरीका राम कुमार यादव प्रथम, एपीएफका पारस देसार दोस्रो तथा नेपाली सेनाका सुवास तामाङ तेस्रो भएका छन् । ६५ केजीमा नेपाली सेनाका सन्तोष थपलिया प्रथम, कञ्चनपुरका दीपेश घटाल दोस्रो तथा सप्तरीका श्रवण कुमार यादव तेस्रो भए ।
७१ केजीमा कञ्चनपुरका अशोक सिंह भण्डारी प्रथम, नेपाली सेनाका मुक्तिराम घले दोस्रो तथा नेपाल प्रहरीका दिवश मगर तेस्रो भए । ७९ केजीमा एपीएफका सन्तोष चौधरी प्रथम, नेपाली सेनाका विपिन शिवभक्ति दोस्रो तथा काठमाडौँका अजय नगरकोटी तेस्रो भए ।
८८ केजी तौल समूहमा नेपाल प्रहरीका जीवन नेपाली प्रथम, एपीएफका तिलक ब थापा दोस्रो तथा कञ्चनपुरका अमित चौधरी तेस्रो भए । ९४ केजीमा एपीएफका हेमन्त पाल प्रथम, नेपाल प्रहरीका ओम प्रकाश बैश्य दोस्रो तथा कास्कीका कुशल गुरुङ तेस्रो भए ।
११० केजीमा नेपाल प्रहरीका सन्देश गुरुङ प्रथम, नेपाली सेनाका मिलन लामिछाने दोस्रो तथा एपीएफका पृथ.ब मगर तेस्रो भए । त्यस्तै ं११० केजी माथि तौल समूहमा कञ्चनपुरका सुभाष उपाध्याय प्रथम, नेपाल प्रहरीका राजिव महर्जन दोस्रो तथा नेपाली सेनाका विनोद खड्का तेस्रो भए ।
त्यस्तै जुनियरतर्फ ६० केजीमा पर्साका कविकान्त यादव प्रथम, झापाका प्रान्तिक भक्त राजलोट दोस्रो तथा इलामका विवेक माझी तेस्रो भए । ६० केजी युथतर्फ बाराका साहिल आलम प्रथम, सप्तरीका राजन साफी दोस्रो तथा इलामका योमिक भुजेल तेस्रो भए ।
६५ केजी जुनियरतर्फ कञ्चनपुरका दीपेश घटाल प्रथम तथा सप्तरीका श्रवण कुमार यादव दोस्रो भए भने ६५ केजी युथतर्फ सप्तरीका राकेश साफी प्रथम र धनुषाका अभय कुमार यादव दोस्रो भए।
त्यसैगरी महिला जुनियरतर्फ ४८ केजी समूहमा सप्तरीकी अन्जली ठाकुर पहिलो भइन्। ५३ केजीमा अमृता यादव, ५८ केजीमा अञ्जली यादब, ६३ केजीमा सन्तोषी यादव पहिलो भइन् ।
महिला सिनियरतर्फ ४८ केजी समूहमा नेपाल प्रहरीकी हिरामोती थारु पहिलो भइन् । ५३ केजीमा अमृता थारु, ५८ केजीमा प्रभा थारु, ६३ केजीमा सन्तोषी यादव, ६९ केजीमा पूजा कुमाल, ७७ केजीमा सरस्वती गुरुङ, ८६ केजीमा विधा राई र ८६ माथिमा निशाना बलाल प्रथम भए ।
