काभा महिला भलिबल: नेपाललाई हराएर भारत तेस्रो

काठमाडौँ, जेठ १५ गते ।

काभा महिला भलिबल च्याम्पियनसिपमा भारत तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई ३(१ सेटमा हरायो ।

भारतले सुरुआती दुई सेट २५–२२, २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने भारत १५–२५ ले पछाडि पर्‍यो । चौथो सेटमा २५–२२ ले आफ्नो पक्षमा पर्दै भारत तेस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा नेपालले इरान र भारतले काजकिस्तानसँग हार व्यहोरेका थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ