नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौँ, जेठ १३ गते ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

जेठ १० मा दुई स्थानमा विशेष अधिवेशन आयोजना भएपछि हेटौँडामा गर्ने पक्षले आफूहरूले गरेका विशेष साधारणसभा वैध भएको दाबीसहित बुधबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।

त्यसक्रममा अध्यक्ष हेरालाल महर्जन र महासचिव धरमबहादुर लामाविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको जानकारी दिइएको हो ।

सो पक्षको दाबीअनुसार महर्जन अध्यक्ष रहेको पुरानै संघ यथावत छ । आवश्यक ५१ प्रतिशत गणपूरक संख्या नपुगेपछि दोस्रोपटक ११ जेठमा भएको सधारणसभामा आवश्यक ३३ प्रतिशत पुगेका कारण अधिवेशन वैध रहेको दाबी गरिएको हो ।

बहुमत सदस्यले हेटौँडामा विशेष साधारणसभा आयोजना गरेको थियो भने असन्तुष्ट पक्षले काठमाडौंमा विशेष साधारणसभा गरेको थियो ।

आर्थिक अनियमितता, दुई वर्षअघि अनावश्यक व्यक्तिलाई भ्रमण गराउन खोज्दा चेस ओलम्पियाडमा नेपाली खेलाडीले भिसा नपाएकोलगायत आरोपसहित महासंघका विरिष्ठ उपाध्यक्ष दिपेन राईसहित ४० जना सधारणसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ