भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा

काठमाडौँ, जेठ १४ गते ।

भारतविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै काजकिस्तान सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा काजकिस्तानले खासै चुनौतीको सामना गर्नुपरेन । काजकिस्तानले खेल २५–२१, २५–१७, २५–१४ ले आफ्नो पक्षमा पार्‍यो ।

समूह चरणमा बंगलादेश र श्रीलंकालाई हराएको काजकिस्तान इरानसँग पराजित भएको थियो । भारतको भने यो पहिलो हार हो । भारतले समूह चरणमा नेपाल, किर्गिस्तान र माल्दिभ्सलाई हराएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ