काठमाडौं जेठ १२ गते ।
प्रथम खुल्ला युथ जुनियर तथा सिनियर महिला पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तर्गत सिनियर महिला तथा पुरुषतर्फको प्रतिस्पर्धामा विभागीय टोलीहरूको दबदबा देखिएको छ।
प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, एपीएफ तथा विभिन्न जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
महिलातर्फ ४८ केजी समूहमा हिरामेती थारु प्रथम, ममता शर्मा दोस्रो तथा अम्बिका कुमारी यादव तेस्रो भएका छन्। ५३ केजी समूहमा अमृता यादवले स्वर्ण जितिन् भने करिना चौधरी दोस्रो र रक्षा थामी तेस्रो भइन्।
५८ केजी समूहमा प्रभा थारु पहिलो, प्रतिमा कुमारी राम दोस्रो तथा रिमा भुजेल तेस्रो स्थानमा रहिन्। ६३ केजी समूहमा सन्तोषी यादवले स्वर्ण जित्दा अस्मिता पुलामी मगर दोस्रो र सरिता यादव तेस्रो स्थानमा रहिन्।
६९ केजी समूहमा पूजा कुमाल प्रथम, कमला श्रेष्ठ दोस्रो तथा पुष्पा ठाकुर तेस्रो स्थानमा रहिन्। ७६ केजी समूहमा सरस्वती गुरुङले पहिलो स्थान हासिल गरिन् भने सजना थिङ लामा दोस्रो तथा जानकी बुढा तेस्रो भइन्।
पुरुषतर्फ ६० केजी समूहमा राम कुमार यादव प्रथम, पारस देसार दोस्रो तथा सुवास तामाङ तेस्रो भए। ६५ केजी समूहमा सन्तोष थपलिया ले स्वर्ण जिते भने दिपेश घटाल दोस्रो र श्रवण कुमार यादव तेस्रो स्थानमा रहे।
७१ केजी समूहमा अशोक सिंह भण्डारी प्रथम, मुक्तिराम घले दोस्रो तथा दिवश मगर तेस्रो भए। त्यस्तै ७१ केजी समूहमा प्रथम भएका भण्डारीले ३ वटा राष्ट्रिय रेकर्ड समेत तोड्न सफल भएका छन्।
