नेपाल ओलम्पिक कमिटी र पेलियटबिच सम्झौता

काठमाडौं जेठ १२ गते ।

चिनियाँ स्पोर्टिङ किट ब्राण्ड पेलियट र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच सम्झौता भएको छ ।

मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष झाओ ले र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै पेलियट आसन्न २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई आधिकारिक किट आपूर्तिकर्ता बनेको छ ।

सम्झौताअनुसार दुबै प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने सम्पूर्ण खेलाडीहरुको आधिकारिक पोशाक तथा किट सामाग्री पेलियटले उपलब्ध गराउनेछ ।

दुबै पक्षले एकअर्कासँग पहिलोपटक सहकार्य गरेको भने होइन । यसै वर्ष चीनको सान्यामा आयोजित एसियन बीच गेम्समा मौखिक समझदारीअनुरुप पेलियटले खेलाडीलाई किट उपलब्ध गराएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ