भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं जेठ १२ गते ।

नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ ।

केही समयअघि अस्ट्रेलिया गएकी प्रहरी जवान पुनम चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पुनम लगायत प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै पत्रिकामा सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ