एथलेटिक्स टोली हङकङ जाने

काठमाडौं जेठ ११ गते ।

२२ औं यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ ।

मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा बादल कार्कीले १ हजार ५ सय/३ हजार मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा अनुष्का अधिकारीले १ सय/२ सय मिटर दौड, नारायणी भण्डारीले ८ सय/१ हजार ५ सय मिटर दौड र संगीता विकले ४ सय÷८ सय मिटर दौडमा खेल्ने छन् ।

प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ