भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले किर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।
भारतले एकतर्फी पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त सेटमा भारत २६–२४ ले विजयी भयो । भारतले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्यो ।
