काठमाडौँ, जेठ १० गते ।
सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसहित मलेसिया, कतार र चाइना छन्।
समूह बीमा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्।
