प्रथम वडा अध्यक्ष पौडी प्रतियोगिता हुने

काठमाडौँ, जेठ १० गते ।

काठमाडौं महानगरपालिका २९ नं वडाको आयोजनामा महानगरव्यापी प्रथम वडा अध्यक्ष पौडी प्रतियोगिता हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ १६ र १७ गते अन्तरवडा पौडी प्रतियोगिता हुने आयोजकले जनाएको हो।

प्रतियोगितामा महिला र पुरुषको गरी २८ वटा व्यक्तिगत विधा र ३ वटा टीम इभेण्ट्समा ३२ वाडका करिब १५० जना पौडी वाजहरु सहभागी हुने छ। खेलाडीहरुले ३१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र एक पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिताले युवाहरूमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। साथै, वडा स्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ